आदित्य मोक्तानको 'रोएर आँखाको आँसु ' सार्वजनिक -SSSS
एस त्रीपल एस परिवारमा आबद्ध रहनु भएका आदित्य बुद्ध मोक्तान को आवाजमा सांगीतिक कोसेली 'रोएर आँखा को आँसु' बोलको गीत सार्बजनिक भएको छ । आदित्य बुद्ध मोक्तानको आफ्नै शब्द रचनामा रहेको यस गीतमा मनोज साङ्सोन राईको संगीत संयोजन र आदित्य मोक्तानको आफ्नै आवाज रहेको छ ! यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएको छ भने आर सि थामी ,एम एल थीङ तामाङ , के एस अबी लिम्बू ,प्रयास थापामगर, रबिना लोप्चनले सहकार्य गर्नुभएको यस गीतलाई जस्केलो क्रीयसनले तयार पारेको म्युुुुजिक भिडियो एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिन्छ ।