दार्जिलिङ लान्छु भने पछि -पुर्बेली भाकामा - सुस्मिता राई र आदित्य मोक्तानको "हितैको मायालाई " - SSSS
एस त्रीपल एस परिवारमा आबद्ध रहनु भएका आदित्य बुद्ध मोक्तान को आवाजमा दोस्रो पुर्बेली सांगीतिक कोसेली ' हितैको मायालाई ' बोलको गीत सार्बजनिक भएको छ । आदित्य बुद्ध मोक्तानको आफ्नै शब्द रचनामा रहेको यस गीतमा मनोज साङ्सोन राईले संगीत संयोजन गर्नु भएको छ भने सुस्मिता राई र आदित्य मोक्तानको आवाज रहेको छ ! यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएको छ भने आर सि थामी ले ब्यवस्थापन गर्नु भएको यस गीतलाई जस्केलो क्रीयसनले तयार पारेको म्युुुुजिक भिडियो S Triple S Official एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत हेर्न र सुन्न सक्नु हुनेछ !!